Kathmandu Press

मुकुललाई पार्टीमा फर्काउनुपर्ने माग राखेका रास्वपा कोशी प्रदेश अध्यक्ष निलम्बित

यसबारेमा यसअघि पनि कोशी प्रदेश समितिसँग रास्वपा केन्द्रीय अनुशासन आयोगले छलफल राखेको थियो।
मुकुललाई पार्टीमा फर्काउनुपर्ने माग राखेका रास्वपा कोशी प्रदेश अध्यक्ष निलम्बित

काठमाडौं, माघ ४ : राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिना निलम्बनमा परेका छन्।

शुक्रबार उनलाई रास्वपाको अनुशासन आयोगले कारबाही गरेको हो। उनलाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको रास्वपा कोशी प्रदेश समितिका एक नेताले जानकारी दिए।

रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदा कोशी प्रदेश अध्यक्ष तिमिल्सिनाले मुकुल ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउनुपर्ने माग गरेका थिए।

उनले पार्टी संकटपूर्ण अवस्थामा रहेको बताउँदै यसलाई थप सशक्त बनाउनका लागि ढकाललाई पार्टीमा ल्याउनुपर्ने र महामन्त्रीको जिम्मेवारी दिनुपर्ने बताएका थिए।

यसबारेमा यसअघि पनि कोशी प्रदेश समितिसँग रास्वपा केन्द्रीय अनुशासन आयोगले छलफल राखेको थियो।

प्रदेश अध्यक्षलाई कारबाही गर्ने भनेपछि कोशी समितिका पदाधिकारी तथा सदस्यहरूले बैठक बहिस्कार गरेका थिए।

६२ सदस्यीय समितिका १३ जना मात्रै बैठकमा उपस्थित भएर कोरम नपुगेपछि बैठक स्थगित भएका थिए।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का आधारमा उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

प्रकाशित मिति: २०:१३ बजे, शुक्रबार, माघ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्