सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध
आज दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।संखुवासभा, माघ ४ : कोशी राजमार्गअन्तर्गत यहाँको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ।
आज दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो।
करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ। इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ।
भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान नौ किलोमिटर दुरीमा पर्छ।
प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललितपुरका यी स्थानमा आज बिजुली काटिने शनिबार, माघ ५, २०८१
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, अन्य क्षेत्रमा मौसम सफा रहने शनिबार, माघ ५, २०८१
काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापनशनिबार, माघ ५, २०८१
मुकुललाई पार्टीमा फर्काउनुपर्ने माग राखेका रास्वपा कोशी प्रदेश अध्यक्ष निलम्बितशुक्रबार, माघ ४, २०८१