Kathmandu Press

प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी आचार्य

प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी आचार्य

काठमाडौं, माघ ४ :  केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्