Kathmandu Press

भक्तपुरको मनहरा खोलामा एक पुरूष मृत फेला

भक्तपुरको मनहरा खोलामा एक व्यक्ति मृत फेला परेका छन्।
भक्तपुरको मनहरा खोलामा एक पुरूष मृत फेला

काठमाडौं, माघ ४ : भक्तपुरको मनहरा खोलामा एक व्यक्ति मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार शुक्रबार बिहान साढे ११ बजे मध्यपुरथिमी नगरपालिका-१ विपी आँखा अस्पताल नजिक मनहरा खोलामा एक पुरूष मृत भेटिएका हुन्।

खोलामा शव रहेको सूचनापछि पुगेको प्रहरीले मृत भेटिएका व्यक्ति सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ का ४५ वर्षीय लेल्का उराउ रहेको खुलेको छ।

उनी मध्यपुरथिमी-२ सानोठिमीमा डेरा गरी बस्दै आएको डिएसपी न्यौपानेले जानकारी दिएका छन्।

उनका १८ वर्षीय समीर उराउलाले शव सनाखत गरेका छन्। शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाको मेडिकल कलेज पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भएको पनि डिएसपी न्यौपानेले बताएका छन्।  

प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, माघ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्