Kathmandu Press

सहारा चितवन सहकारी ठगी प्रकरणमा प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

जिल्ला प्रहरी कार्यालय, चितवनले पुरक जाहेरी र सरकारी वकिलको कार्यालय चितवनले दिएको निर्देशन अनुरुप अनुसन्धान गरेको प्रतिवेदन बुझाएको हो।
सहारा चितवन सहकारी ठगी प्रकरणमा प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

चितवन, माघ ४ : सहारा सहकारीको रकम अपचलनको आरोप लागेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३१ जना विरुद्ध परेको पुरक जाहेरीको अनुसन्धान प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनले पुरक जाहेरी र सरकारी वकिलको कार्यालय चितवनले दिएको निर्देशन अनुरुप अनुसन्धान गरेको प्रतिवेदन बुझाएको हो।

प्रहरीले १९६ पेज लामो अनुसन्धान प्रतिवेदनमा गोर्खा मिडिया प्रालिसहित रकम अपचलन गर्ने ६ वटा संस्था एवम् लामिछानेसहित ३१ जना र सहारा सहकारीलाई प्रतिवादी बनाउँदै कारबाही हुनुपर्ने राय दिएको छ।

Hardik ivf

साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जिबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड रियल स्टेट, नेचर नेस्ट प्रालि लगायतमा रकम गएको देखिएको छ । 

प्रहरी अनुसन्धानमा गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार एक सय ५१ लाख रूपैयाँ गएको देखिएको छ ।

फरक फरक दायित्व भएका व्यक्तिलाई पृथक पृथक बिगो रकम माग गरिएको छ।

सहकार ठगी प्रकरणमा मूल मुद्दा गत असोज ८ गते जिल्ला अदालत चितवनमा दायर भइसकेको छ।

उक्त मुद्दामा सरकारी वकिलको कार्यालय चितवनले जीबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोग लगाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले अब प्रतिवेदन अध्ययन गरेपछि अदालतमा मुद्दा दायर गर्नेछ।  

 

प्रकाशित मिति: १९:१४ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्