Kathmandu Press

इरानमाथि सानदार जित निकाल्दै नेपाली महिला टिम खो–खो विश्वकपको सेमिफाइनलमा

भारतमा जारी विश्वकप अन्तर्गत शुक्रबार भएको क्वार्टरफाइनलमा इरानलाई माथि १०३–८को फराकिलो अन्तरको जित निकाल्दै नेपाली महिला टिम सेमिफाइनलमा पुगेको हो।
इरानमाथि सानदार जित निकाल्दै नेपाली महिला टिम खो–खो विश्वकपको सेमिफाइनलमा

काठमाडाैं, माघ ४ : नेपाली महिला टिम खो–खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतमा जारी विश्वकप अन्तर्गत शुक्रबार भएको क्वार्टरफाइनलमा इरानलाई माथि १०३–८को फराकिलो अन्तरको जित निकाल्दै नेपाली महिला टिम सेमिफाइनलमा पुगेको हो।

नेपाली महिला टिम विश्वकपमा अपराजित छ। समूह सी मा रहेको नेपाल विजेताका रुपमा क्वार्टरफाइनल पुगेको थियो। 

नेपालले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलंकालाई ११०–१०  र बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो।

्अब नेपालले फाइनल प्रवेशका लागि अफ्रिकन मुलुक युगान्डासँग खेल्नेछ। युगान्डा न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनल पुगेको हो।
 
प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, माघ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्