Kathmandu Press

माधव नेपालबाहेक एकीकृत समाजवादीका सबैलाई एमालेमा ढोका खुला छ: शंकर पोखरेल 

महासचिव पोखरेलले माधव नेपालबाहेक एकीकृत समाजवादीका अरु नेताकार्यकर्तालाई स्वागत गर्न आफूहरु तयार नै रहेको पनि बताए।
माधव नेपालबाहेक एकीकृत समाजवादीका सबैलाई एमालेमा ढोका खुला छ: शंकर पोखरेल 

काठमाडौं, माघ ४ : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको बताएका छन्। 

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलगायतलाई शुक्रबार एमाले निकट प्रेस चौतारीमा प्रवेश गराउने क्रममा महासचिव पोखरेलले अब नेकपा एसको भविष्य नरहेको दाबीसमेत गरे।

‘हामीले माधव नेपालको लागि ढोका खुला गरेका छैनौं । प्रेस चौतारीले दिएजस्तो सम्मान उहाँलाई दिने हो भने उहाँ नै आउनुहुन्छ । तर, उहाँले जे गल्ती गर्नुभएको छ, त्यो स्वीकार्य छैन,' उनले भने।

महासचिव पोखरेलले माधव नेपालबाहेक एकीकृत समाजवादीका अरु नेताकार्यकर्तालाई स्वागत गर्न आफूहरु तयार नै रहेको पनि बताए।

यसैबीच, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितका पदाधिकारी शुक्रबार एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्।

एकीकृत समाजवादीको भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको गत वर्ष सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन्।

 

प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, माघ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्