Kathmandu Press

जीबी राईको राहदानी रोक्का गर्न कास्की अदालतको आदेश

कास्की जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का गर्न आदेश दिएको हो।
जीबी राईको राहदानी रोक्का गर्न कास्की अदालतको आदेश

पोखरा, माघ ४ : सहकारी ठगी प्रकरणका अभियुक्त जीबी भन्ने गितेन्द्रबाबु राईको राहदानी रोक्का गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।

कास्की जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का गर्न आदेश दिएको हो।

जिल्ला सरकारी वकीलले दायर गरेको निवेदनमा सुनुवाई गर्दै अदालतले जीबीको राहदानी रोक्का गर्न आदेश भएको छ।

अदालतले राहदानी विभागका नाममा राहदानी रोक्का गर्न आदेश दिएको हो ।

राई सूर्यदर्शनसहित पाँचवटा सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त हुन् । उक्त आदेशको पूर्ण लिखितप्रति भने आउन बाँकी नै छ। 

प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, माघ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्