Kathmandu Press

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

प्रदर्शनीमा काठजन्य उत्पादन प्लाइउडदेखि घर, होटल, रेष्टुरेन्ट र महलका ढोका, भm्याल, भ¥याङ तथा अन्य फर्निचर र सजावटका सामग्री उत्पादन कम्पनीका एक सयभन्दा बढी कक्ष छन्। 
भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

काठमाडौं, माघ ४ : नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौं संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। 

प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्राण्डहरू प्रदर्शनीमा राखिएका छन्।

Hardik ivf

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै मुलुकमा उद्योग स्थापना हुन नसक्दा स्वरोजगारका लागि प्रदान गरिएका तालिममा गरिएको लगानीबाट लाभ लिन नसकिएको बताए। 

मन्त्री भण्डारीले सरकारले विभिन्न प्राविधिक तालिम प्रदान गरे पनि तत्काल रोजगारी प्राप्त गर्न नसक्दा लगानीको लक्ष्य र प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्थामा काठजन्य उद्योगले त्यस्ता जनशक्तिको सदुपयोग गर्न आवश्यक रहेको धारणा राखे। 
 
‘सीप प्राप्त जनशक्तिलाई साना उद्योग खोल्न सरकार, निजीक्षेत्र र बैंकलगायत वित्तीय संस्थाले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘उद्योग क्षेत्रमा नयाँ प्रविधि र उपकरण भित्र्याउन सातै प्रदेशको सदरमुकाममा यस्ता प्रदर्शनी आयोजना गरिनुपर्छ, जसबाट स्वरोजगार हुन सहयोग पुर्‍याउँछ।’

विदेशमा प्रयोग भएका नवीनतम प्रविधि नेपाल भित्र्याउने, उद्योग व्यवस्थापन गर्ने र नेपालका कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरू विदेश निर्यातका लागि सहजीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ। 

प्रदर्शनीमा काठजन्य उत्पादन प्लाइउडदेखि घर, होटल, रेष्टुरेन्ट र महलका ढोका, भm्याल, भ¥याङ तथा अन्य फर्निचर र सजावटका सामग्री उत्पादन कम्पनीका एक सयभन्दा बढी कक्ष छन्। 

प्रविधि हस्तान्तरणसहितको लक्ष्य लिइ आयोजना गरिएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। तीनदिने प्रदर्शनीमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्