Kathmandu Press

आयोजनाको काम समयावधिभित्र पूरा गर्न राष्ट्रपतिद्वारा सेनालाई निर्देशन

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न मकवानपुरको बकैया पुगेका हुन्। पौडेलले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ अवलोकन गरे। 
आयोजनाको काम समयावधिभित्र पूरा गर्न राष्ट्रपतिद्वारा सेनालाई निर्देशन
फाइल तस्बिर।

हेटौंडा, माघ ४ : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अवलोकन भ्रमण गरेका छन्। 

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न मकवानपुरको बकैया पुगेका हुन्। पौडेलले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ अवलोकन गरे। 

Hardik ivf

त्यसक्रममा नेपाली सेनाको प्रतिनिधिले अहिलेसम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। 

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन समेत दिएका थिए। नेपाली सेनाले काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माण गरिरहेको छ। 

राष्ट्रपति पौडेल लेनडाँडामा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन निजगढतर्फ जाने तयारी छ। 

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्