Kathmandu Press

अध्यादेश संसद्मा पेश भई दुई महिनाभित्रै कानुनको रुप लिइसक्छन् : प्रधानमन्त्री

‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ। कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन् । १५–२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं र अगाडि बढाउँछौं।’
अध्यादेश संसद्मा पेश भई दुई महिनाभित्रै कानुनको रुप लिइसक्छन् : प्रधानमन्त्री

काठमाडौं, माघ ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको अध्यादेश अबको १५÷२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप लिइसक्ने बताएका छन्। 

प्रधानमन्त्री ओलीले काम रोक्नका लागि नभएर काम गर्नका लागि अध्यादेश ल्याएको दाबी समेत गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ। कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन् । १५–२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं र अगाडि बढाउँछौं।’

उनले अत्यन्त जरुरी कुराहरू खोल्न अध्यादेश जरुरी रहेको बताउँदै उद्यमी व्यवसायीहरू समस्यामा परेर तड्पिएको बताए। 

प्रधानमन्त्री ओलीले भने, ‘रोक्न कानुन बनेका छन् भने त्यस्ता कानुनलाई फेर्न पर्दछ। कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पु¥याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानुनहरू परिवर्तन गर्नुपर्छ।’


 

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्