Kathmandu Press

हिउँदे अधिवेशन प्रभावकारी बनाउन सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकबीच सिंहदरबारमा छलफल

छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
हिउँदे अधिवेशन प्रभावकारी बनाउन सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकबीच सिंहदरबारमा छलफल

काठमाडौं, माघ ४ : सत्तापक्ष र विपक्षी चार दलका प्रमुख सचेतकहरूबिच संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा सिंहदरबारमा छलफल भएको छ। 

शुक्रवार भएको छलफलले सरकारले बोलाउने लागेको संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्ष र विपक्षी दलहरूबिच साझा निष्कर्ष समेत निकालिएको छ। 

Hardik ivf

छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

संसद्को समितिहरूमा विचाराधीन विधेयकहरूलाई चाँडो अगाडि बढाउन सत्तापक्ष प्रतिपक्ष विच एकीकृत धारणा बनाएर जाने विषयमा पनि छलफल भएको जनाइएको छ। 

यस्तै, सरकारले हाउसमा विधेयक दर्ता गर्ने र वर्षौंसम्म अगाडि नबढ्ने परिपाटीको अन्त्य गरी छिटो र छरितो तरिकाले अगाडि बढाउन नियमावली नै संशोधन गर्ने विषयमा पनि छलफल भएको थियो । सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्