Kathmandu Press

देशक्तहरूलाई समेटेर वैकल्पिक शक्ति बन्छ : भीम रावल

शुक्रबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै रावलले काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो अगाडि बढ्दा राम्रो हुने बताए। 
देशक्तहरूलाई समेटेर वैकल्पिक शक्ति बन्छ : भीम रावल
फाइल तस्बिर।

धनगढी, माघ ३ : एमालेबाट निष्काशना परेका नेता भीम रावलले सबै देशभक्तहरुलाई समेटेर वैकल्पिक शक्ति बनाउने बताएका छन्। 

शुक्रबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै रावलले काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो अगाडि बढ्दा राम्रो हुने बताए। 

Hardik ivf

अहिले जागरण अभियान चाइरहेका रावलले बालेनसहित जोजो छन्, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुने धारणा जनताको रहेको बताए। 

नेता रावलले उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै त्यही क्रममा विभिन्न व्यक्तिहरुसँग भेटेको र त्यो स्वाभाविक भएको बताए। 

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे।

उनले रवि लामिछानेका विषयमा सोधिएको प्रश्नमा भने अदालतमा मुद्दा चलिरहेको भन्दै त्यसविषयमा बोल्न नहुने बताए। 

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्