Kathmandu Press

डा. निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा

डा. निकोलस भुसाल (कमल) लाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
डा. निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा

काठमाडौं, माघ ४ : सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल) लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज फेरी आफ्नो नियन्त्रणमा लिएको छ । 

डा. निकोलस भुसाल (कमल) लाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकिएपछि आज जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा अदालतले आज आदेश दिन समय अभाव भएको भन्दै डा. निकोलसलाई न्यायिक हिरासतमा पठाएकाले प्रहरी नियन्त्रणमा लिएको एसपी ओलियाले बताए। डा. निकोलसलाई शुक्रबार फेरी अदालतमा पेश गरिने एसपी ओलियाले उल्लेख गरे ।

Hardik ivf

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल (कमल) लाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाएर हिरासतमा लिन चाहेको थियो । तर कास्की जिल्ला अदालतका न्यायाधीश नारायण दाहालको इजलासले डा. भुषाललाई हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई दैनिक हाजिर गराएर कास्की प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराइने ओलियाले जानकारी दिए ।

प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्