Kathmandu Press

नेप्से परिसूचक सात अङ्कले घट्यो

आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन्।
नेप्से परिसूचक सात अङ्कले घट्यो

काठमाडौं, माघ ३ : धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.३३ अङ्कले घटेर दुई हजार ५८८.६२ बिन्दुमा कायम भएको छ।

आज २९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर ७० हजार ६३४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ।

Hardik ivf

आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन्।

बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड ६.६५ प्रतिशतले बढेको छ।

त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स ९.३९, खानिखोला हाइड्रोपावर ९.१५ र रिलायन्स फाइनान्सको शेयर मूल्य ७.५७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको रु २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ। 

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, माघ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्