Kathmandu Press

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले खड्काविरुद्ध उजुरी आह्वानसमेत गर्ने निर्णय गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले  जानकारी दिइन्। 
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु

काठमाडौं, माघ ३ : न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले खड्काविरुद्ध उजुरी आह्वानसमेत गर्ने निर्णय गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले  जानकारी दिइन्। 

‘सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समितिसमक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यममार्फत संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु,’ उनले भनिन्।

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, माघ ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्