Kathmandu Press

मन्त्रीहरूलाई कांग्रेसको निर्देशन–  ५ दिन मन्त्रालयको काम गनुस्, बाँकी २ दिन जनताको गुनासो सुन्नुस्

बैठकले दुई दिन पार्टीका नेतारकार्यकर्ताहरूसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न निर्देशन दिएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। 
मन्त्रीहरूलाई कांग्रेसको निर्देशन–  ५ दिन मन्त्रालयको काम गनुस्, बाँकी २ दिन जनताको गुनासो सुन्नुस्
फाइल तस्बिर।

काठमाडौं, माघ ३ : नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ। 

बिहीबार पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको संसदीय दल केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीबाट मन्त्री बनेकाहरूलाई ५ दिन मन्त्रालयको काम गर्न बाँकी २ दिन जनताको गुनासो सुन्न निर्देशन दिएको हो।

बैठकले दुई दिन पार्टीका नेतारकार्यकर्ताहरूसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न निर्देशन दिएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। 

‘हप्तामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्न मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘पार्टी अफिस गएर हप्तामा दुई दिन आलोपालो गरेर कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिइएको छ।’

सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने निर्णय भएको पनि उनले बताए। 

पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालयमा छलफल गर्ने निर्णय भएको उनले बताए।

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, माघ ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्