Kathmandu Press

कांग्रेस र एमालेबीच कुनै समस्या छैन : सभापति देउवा 

‘सभापतिको भनाई यही हो। एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो। मुलुकमा सुशासन र मूलुकमा आर्थिक समृद्धि गर्ने हो यसै विषयमा केन्द्रित भएर तपाईहरु काम गर्नुस्,’ उनले भने, ‘हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निश्कर्ष हो।’
कांग्रेस र एमालेबीच कुनै समस्या छैन : सभापति देउवा 

काठमाडौं, माघ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छन्। 

बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन्। 

Hardik ivf

‘सभापतिको भनाई यही हो। एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो। मुलुकमा सुशासन र मूलुकमा आर्थिक समृद्धि गर्ने हो यसै विषयमा केन्द्रित भएर तपाईहरु काम गर्नुस्,’ उनले भने, ‘हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निश्कर्ष हो ।’

सभापति देउवाले बैठकमा मन्त्रीहरुसँग सेवा प्रवाहको कुरामा नागरिकलाई बढीभन्दा बढी सेवा राम्रो ढंगले प्रवाह गर्ने र मूलुकमा आर्थिक समृद्धि गर्ने सुशासन कायम गर्ने कुरामा केन्द्रीत रहेर काम गर्ने कुरामा छलफल भएको बताए। 

त्यस्तै उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने पनि बताए। 

‘यो देशमा लोकतन्त्र छ, व्यवसायिक स्वतन्त्रता छ। मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र अराजकता गर्ने कानुन विपरीत काम गर्ने जो सुकैलाई पनि दण्डित हुन्छ,’ उनले भने, ‘जुन दिनेश त्रिपाठीमाथि घट्ना भएको छ यो अत्यन्तै निन्दनीय र गलत काम भएको छ । यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ।’ 
 

प्रकाशित मिति: १५:२० बजे, बिहीबार, माघ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्