Kathmandu Press

गोर्खा सैनिकको सेवा सुविधा र लण्डन–काठमाडौं सिधा हवाई उडानको माग

कोइरालाले भूपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन–काठमाडौ सिधा हवाई उडान हुनुपर्नेमा जाेड दिए।
गोर्खा सैनिकको सेवा सुविधा र लण्डन–काठमाडौं सिधा हवाई उडानको माग

काठमाडौं, माघ ३ : बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन्। 

लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भूपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन–काठमाडौ सिधा हवाई उडान हुनुपर्नेमा जाेड दिए।

उनले जलवायु परिवर्तनका कारण नेपाल संकटमा रहेको भन्दै हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका बताए। जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने र बेलायतले सहयोग गरिदिनुपर्ने बताए।

भेटमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन्। भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदुत विपिन दुवाडी पनि थिए। 
 

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, माघ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्