Kathmandu Press

विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन शुक्रबारका लागि सर्‍यो

बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन भोलि(शुक्रबार) दिउँसो ३ बजेका लागि सारिएको हो। 
विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन शुक्रबारका लागि सर्‍यो

काठमाडौं, माघ ३ : संघीय संसदका विपक्षी दलहरूले आज(विहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ। 

बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन भोलि(शुक्रबार) दिउँसो ३ बजेका लागि सारिएको हो। 

हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन्।

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्सीय कार्यदल बनाएको छ। 

पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्। 
 
प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, माघ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्