Kathmandu Press

कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि दुर्व्यवहार गर्नेमाथि कारवाहीको माग

सूचना जारी गर्दै कांग्रेसले सहकारीको अपचलन तथा ठगि प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक वहस सकिएपछि अधिवक्ता त्रिपाठीलाई हातपात र दुर्व्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि दुर्व्यवहार गर्नेमाथि कारवाहीको माग

काठमाडौं, माघ ३ : नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सूचना जारी गर्दै कांग्रेसले सहकारीको अपचलन तथा ठगि प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक वहस सकिएपछि अधिवक्ता त्रिपाठीलाई हातपात र दुर्व्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

Hardik ivf

विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुने भन्दै यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको कांग्रेसको भनाई छ ।

कांग्रेसले विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन नसक्ने बताउँदै सो घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । 

साथै घटनामा संलग्न जो सुकैलाई पनि कानूनी कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको  । 
 
प्रकाशित मिति: ०८:२० बजे, बिहीबार, माघ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्