Kathmandu Press

राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं, माघ २: राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। 

यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई आज उक्त पदमा नियुक्त गरेका हुन्। 

प्रकाशित मिति: २०:३३ बजे, बुधबार, माघ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्