माओवादीको पदाधिकारी बैठकमा के-के छलफल भयो?
काठमाडौं, माघ २ : बुधबार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संगठनात्मक सवालको बारेका छलफल भएको छ।
बैठकमा मुख्यतया कार्यविभाजनको मोडालिटी कस्तो हुने विषयमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
उनले भने, ‘पदाधिकारी बैठकमा मुख्यत कार्य विभाजनको बारेमा छलफल भयो। आज कार्य विभाजनको मोडालिटी कस्तो हुने र कसरी गर्ने भन्ने विषयमा नै बैठक केन्द्रित भएको थियो। सबै केन्द्रिय कार्यालयका कमरेडहरुले आफ्ना सुझावहरु राख्नुभयो । बैठक जिवन्त भयो । अब एउटा अर्को बैठक बसेर सबैका सुझावहरुसहित कार्यदलले बनाएको प्रतिवेदनलाई ध्यानमा राखेर अध्यक्षले फाइनल प्रस्ताव पेस गर्नुहुनेछ र पारित हुनेछ ।’
साथै उनले बैठक प्रभावकारी भएको बताए ।
उनले सरकारले चाँडो सदन नबोलाए विशेष अधिवेशनको माग गरिने विषयमा समेत छलफल भएको बताए ।
प्रकाशित मिति: २०:०२ बजे, बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्तबुधबार, माघ २, २०८१
माओवादीको पदाधिकारी बैठकमा के-के छलफल भयो?बुधबार, माघ २, २०८१
सरकारले ल्याएको अध्यादेशबारे उठेका प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफबुधबार, माघ २, २०८१