Kathmandu Press

राष्ट्रपतिद्वारा भूमीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा भूमीसम्बन्धी अध्यादेश जारी

काठमाडौं, माघ २ :  राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्।

बुधबार साँझ राष्ट्रपति पौडेलले भूमीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्। 

गत शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले पाँच वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोहीअनुसार सरकारले अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

यद्यपि चार अध्यादेश जारी गर्दै भूमिसम्बन्धी अध्यादेशलाई भने राष्ट्रपति पौडेलले होल्ड गरेका थिए। 

सोही अध्यादेश राष्ट्रपति पौडैलले आज जारी गरेका हुन्। 

प्रकाशित मिति: १८:१७ बजे, बुधबार, माघ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्