Kathmandu Press

रविलाई ६० लाख धरौटीमा छाड्न आदेश

न्यायाधीश माधवकुमार अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको हो। आइतबारबाट सुरु भएको बहस आजै अपरान्ह सकिएको थियो।
रविलाई ६० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, माघ २ : स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएकाे छ। 

न्यायाधीश माधवकुमार अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको हो। आइतबारबाट सुरु भएको बहस आजै अपरान्ह सकिएको थियो।

अदालतको यो आदेशसँगै रवि धरौटी बुझाएपछि रिहा हुने छन्। 

यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रवि रिहा भएका थिए। 
 
प्रकाशित मिति: १७:३३ बजे, बुधबार, माघ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्