Kathmandu Press

बेलायतमा डा.कोइराला र इयान मार्टिनबीच भेट

भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिए। 
बेलायतमा डा.कोइराला र इयान मार्टिनबीच भेट

काठमाडौं, माघ २ : बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भुमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग लण्डनमा भेटघाट गरेका छन्।

भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिए। 

कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए। 

तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुंग्याउनु पर्ने उनको जोड थियो। 

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, माघ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्