रविको मुद्दामा थुनछेक बहस सकियो, आजै फैसला आउने
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो।काठमाडौं, माघ २ : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो।
सरकारी वकिलको जवाफी बहस सकिएलगत्तै रवि छोटो मन्तव्य राखेका थिए। त्यसपछि न्यायाधीश माधवकुमार अधिकारीले सबैलाई इजलाशबाट बाहिर पठाएर फैसला लेखन थालेका छन्।
बुधबार रविकातर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बुधबार बहस गरेका थिए भने अर्का अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाएका थिए।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।
आइतबारटै बयान सुरु भएपनि समय अभापछि रविलाई न्यायिक हिरासतका लागि प्रहरीको जिम्मा लगाइएको थियो।