Kathmandu Press

रविको थुनछेक बहस जारी, रविका २ वकिलले सके बहस

बुधबार थुनछेक बहसमा रविको तर्फबाट सुशिल पन्त र रमण श्रेष्ठले बहस गरेका थिए।
रविको थुनछेक बहस जारी, रविका २ वकिलले सके बहस

काठमाडौं, माघ २ : काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको थुनछेक बहस जारी छ।

बुधबार थुनछेक बहसमा रविको तर्फबाट सुशिल पन्त र रमण श्रेष्ठले बहस गरेका थिए।

उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गरेका छन्। खाजा समयपछि बहस पुनः केहीबेरअघिबाट सुरु भएको छ। 

जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए।

उनीविरुद्ध काठमाडौंमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, माघ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्