Kathmandu Press

राजमार्ग निर्माणमा ढिलाइ गरिएको भन्दै स्थानीयद्वारा मिर्चैयामा सडक अवरुद्ध

चिनियाँ इष्ट–वेष्ट रेल्वे कम्पनीले राजमार्ग निर्माणमा ढिलाई गरेको र मिर्चैया बजार क्षेत्रमा कालोपत्रे नहुँदा धूलो उडेर घर र पसल छपक्कै ढाक्ने गरेको बन्दकर्ता मिर्चैयाबासीको भनाइ छ।
राजमार्ग निर्माणमा ढिलाइ गरिएको भन्दै स्थानीयद्वारा मिर्चैयामा सडक अवरुद्ध

सिरहा, माघ २ : सिरहाको मिर्चैया बजारका व्यापारीहरुले आज एकाबिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाएका छन्।

स्थानीय व्यापारीहरुले राजमार्गमा तगारो राखेर आवगमन ठप्प पारेका छन्। बिहानैदेखि मिर्चैयामा सवारी साधनहरुको लामो लर्को रोकिएको छ। यात्रुहरु कठिनाइमा परेका छन्। 

Hardik ivf

चिनियाँ इष्ट–वेष्ट रेल्वे कम्पनीले राजमार्ग निर्माणमा ढिलाई गरेको र मिर्चैया बजार क्षेत्रमा कालोपत्रे नहुँदा धूलो उडेर घर र पसल छपक्कै ढाक्ने गरेको बन्दकर्ता मिर्चैयाबासीको भनाइ छ। स्थानीय व्यापारी रामप्रसाद साह पटक–पटक ताकेता गर्दा पनि राजमार्ग निर्माण कार्यमा हदैसम्म ढिलाइ भइरहेको छ। 

‘बजार क्षेत्रमा सडक भत्काइएकोले आवागमनमा पनि कठिनाइ भइरहेको छ। व्यापारीहरु सडककै दुर्गतिका कारण पलायन भइरहेका छन्,’ स्थानीय भन्छन्, ‘धूलोले घर र पसलमा बस्नै नसक्ने स्थिति छ। तीन वर्ष भयो राजमार्ग भत्काएको अझैसम्म निर्माण पुरा भएको छैन।’
 
पूर्व पश्चि राजमार्गको कमला नदीदेखि पूर्व कञ्चनरुप बजारसम्म चार लेन सडक निर्माणको ठेक्का पाएको चाइना कम्पनीले तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्दा पनि सडक निर्माण पूरा गरेको छैन। अझसम्ममा मात्र ५० प्रतिशत काम पूरा भएको छ। 

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, माघ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्