‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ’
उनले महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुनर्लाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको समेत बताइन्।काठमाडौं, माघ २ : काठमडौं महानगरपालिकी उपमेयर सुनिता ढंगोलले विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्ने बताएकी छिन्।
महानगरपालिकाले आयोजना गरेको २७औं भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुनर्लाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको समेत बताइन्।
‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ। नागरिकको आँगनको सरकारले यो काम गर्छन्,’ उनले भनिन्, ‘संघ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्छ। यसकोणबाट सबै तहका सरकारको समान भूमिका छ।’
विपदमा संरचनागत जोखिमका सन्दर्भमा कुरा गर्दै उनले आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको वहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनुपर्ने बताइन्।