सिंहदरबारमा विपक्षी दलहरू छलफलमा
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको आव्हानमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको हो। बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुनेछ।काठमाडौं, माघ २ : विपक्षी दलहरू छलफलमा जुटेका छन्।
नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको छलफल केहीबेर अघिबाट सुरु भएको छ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको आव्हानमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको हो। बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुनेछ।
यस्तै, आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ। सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।
आजै अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि खुमलटारमा बस्ने भएको छ।
प्रकाशित मिति: १०:३८ बजे, बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवाले कांग्रेसका मन्त्रीहरूलाई छलफलमा बोलाएबुधबार, माघ २, २०८१
रविको थुनछेक बहस जारी, रविका २ वकिलले सके बहसबुधबार, माघ २, २०८१
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओलीबुधबार, माघ २, २०८१