दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ
समर्थकहरूले युन सुक–योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरिरहेका थिए । प्रहरीले यसअघि पनि युन सुक–योललाई पक्राउ गर्ने प्रयास गरेको थियो । युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा ‘मार्सल ल’ लगाउने घोषणा गरेका थिए ।काठमाडौं, माघ २ : महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् । उनका समर्थक र विरोधीहरू उनी पक्राउ पर्नुअघि युन सुक–योलको घरबाहिर जम्मा भएका थिए ।
समर्थकहरूले युन सुक–योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरिरहेका थिए । प्रहरीले यसअघि पनि युन सुक–योललाई पक्राउ गर्ने प्रयास गरेको थियो । युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा ‘मार्सल ल’ लगाउने घोषणा गरेका थिए । विरोधका कारण केही घण्टापछि उनले उक्त ल लगाउने निर्णय फिर्ता लिएका थिए ।
डिसेम्बर १४ मा युन सुक–यो विरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसदमा पारित भएको थियो । तर, उनलाई त्यहाँको संवैधानिक अदालतले मात्रै राष्ट्रपति पदबाट हटाउन सक्छ । डिसेम्बर ३१ मा दक्षिण कोरियाली अदालतले युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो ।
प्रकाशित मिति: ०८:३१ बजे, बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ बुधबार, माघ २, २०८१
गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्युआइतबार, पुस २८, २०८१
चीन भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्योमंगलबार, पुस २३, २०८१
चीनमा भूकम्पमा मृत्यु हुनेकाे संख्या ५३ पुग्याे, दर्जनौं घाइतेमंगलबार, पुस २३, २०८१