आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली देखि मौसम सफा रहने सम्भावना छ ।काठमाडौं, माघ २ : हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका केही भागमा भने हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली देखि मौसम सफा रहने सम्भावना छ ।
राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीदेखि रहने सम्भावना छ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: ०८:२० बजे, बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओलीबुधबार, माघ २, २०८१
‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ’बुधबार, माघ २, २०८१