काम थालेको १४ वर्षसम्म पनि नबनेको पुल [फोटो फिचर]
पुल निर्माणको काम थालेको करीब १४ वर्षसम्म पनि निर्माणको काम अधुरो रहेको छ।![काम थालेको १४ वर्षसम्म पनि नबनेको पुल [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/bridge-(2)-ink-1736866541.jpeg)
रौतहट, माघ १ : सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुस्त गतिमा भएको छ। पुल निर्माणको काम थालेको करीब १४ वर्षसम्म पनि निर्माणको काम अधुरो रहेको छ।
नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुलको निर्माण फेरि ठेक्का लगाइएको छ। महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लएको हो। २०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए।
उनका अनुसार पुल बनेपछि बसतपुर, बडहर्वा, राजदेवीलगायतका वासिन्दालाई सहज हुनेछ। अहिले यहाँका वासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको उनले बताए।
तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न आहिले सहज हुने उनको भनाइ छ। वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतवारि सर्लाहीतिर छ । अहिले खेतीको कामका लागि डुंगा चढेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ । पुलको काम अहिले पनि भइरहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ।
तस्बिरहरूः
-ink-1736866541.jpeg)
-ink-1736866543.jpeg)
-ink-1736866571.jpeg)
-ink-1736866571.jpeg)
-ink-1736866572.jpeg)
-ink-1736866572.jpeg)
-ink-1736866578.jpeg)
-ink-1736866582.jpeg)
-ink-1736866572.jpeg)
सबै तस्बिर ः नेपाल न्युज बैंक।












