Kathmandu Press

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, माघ १ : गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय  छविलाल बोट रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उहाँलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर  बेपत्ता भएका छन्।

लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन्। परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, माघ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्