‘यो सरकार अप्राकृतिक, असंवैधानिक छ, यसबाट जनता पनि खुसी छैनन्’
‘रातको १२ बजे सुटुक्क बसेर जनताबाट लुकाएर तत्कालीन गठबन्धनबाट सरकार बनाइएको छ,’ सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, ‘यस अप्राकृतिक, असंवैधानिक सरकारप्रति जनता पनि खुसी छैनन्।’सिन्धुपलाञ्चोक, माघ १ : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अप्राकृतिक र असंवैधानिक रहेको बताएका छन्। मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘रातको १२ बजे सुटुक्क बसेर जनताबाट लुकाएर तत्कालीन गठबन्धनबाट सरकार बनाइएको छ,’ सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, ‘यस अप्राकृतिक, असंवैधानिक सरकारप्रति जनता पनि खुसी छैनन्।’
वर्तमान सरकार अपारदर्शी भएको बताएउँदै उनले कांग्रेसभित्रै सरकारप्रति तीव्र असन्तुष्टी रहेकाले यो सरकार ढल्ने निश्चित रहेको ठोकुवा गरे। ‘सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ,’ अध्यक्ष दाहालले भने।
अध्यक्ष दाहालले संवैधानिक व्यवस्था, विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको बताए। सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको उनले बताए।