Kathmandu Press

सार्वजनिक सेवा प्रसारण समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ

मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषभाषी, जातजाति र क्षेत्रका विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताए।
सार्वजनिक सेवा प्रसारण समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं, माघ १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन्।

मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषभाषी, जातजाति र क्षेत्रका विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताए।

Hardik ivf

‘सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्छ । पिएसबीमा सबै वर्ग, क्षेत्र, भषाभाषि, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने लागेको छ,’ उनले भने, ‘राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ। पिएसबीले सहभागितामुलक, समानता र समाबेशी अवधारणामा आधारित भएर काम गर्छ भन्ने विश्वास लिएको छु।’

मन्त्री गुरुङले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सुचनाको हकको प्रत्याभुत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। 

उनले अरु मिडियाले झैं नाफा कमाउने नभइ पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रती केन्द्रित हुनुपर्नेमा जोड दिए।
 

प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, माघ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्