Kathmandu Press

एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

चेक अनादरसम्बन्धी कसुरमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। 
एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडौं, माघ १ : सत्तारुढ दल नेकपा एमालेका कन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्।

चेक अनादरसम्बन्धी कसुरमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। 

उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा २० लाख ५० हजारको चेक अनादर गरेको आरोपमा जाहेरी परेको थियो।

मल्ललाई प्रहरी परिसर भक्तपुरले पक्राउ गरेर प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो। 

प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, माघ १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्