Kathmandu Press

रविलाई आज पनि न्यायिक हिरासतमा पठाइयो 

बहस नसकिएका कारण लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको हो। आजबाट थुनछेक बहस सुरु भएको थियो। 
रविलाई आज पनि न्यायिक हिरासतमा पठाइयो 

काठमाडौं, पुस २९ : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेकसम्वन्धी बहस नसकिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार पनि थुनामा पठाइएको छ। 

बहस नसकिएका कारण लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको हो। आजबाट थुनछेक बहस सुरु भएको थियो। 

Hardik ivf

बहस नसकिएका कारण बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासत पठाउने आदेश गरेको हो। अर्को बहस बुधबारका लागि तय भएको छ। 

लामिछाने मंगलबारसम्म प्रहरी हिरासतमा रहने भएका छन्। मंगलबार माघे सक्रान्तिको बिदा भएका कारण बुधबारका लागि थुनछेक बहस तोकिएको छ। 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछाने आइतबार बयानमा लागि अदालतमा उपस्थित भएका थिए। 

सोमवार लामिछाने पक्षका कानुनव्यवसायीले थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। 

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, पुस २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्