Kathmandu Press

नेप्से दोहोरो अंकले घट्यो, साढे ६ अर्बको कारोबार

कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूह १.८९, होटल तथा पर्यटन १.३६ र वित्त समूह १.३२ प्रतिशतले घटेको छ। 
नेप्से दोहोरो अंकले घट्यो, साढे ६ अर्बको कारोबार

काठमाडौं, पुस २९ : यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। आज नेप्से परिसूचक १५.५४ अंकले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो।

आज विभिन्न ३२२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर ६४ हजार दुई सय ७८ पटक खरिदबिक्री हुँदा छ अर्ब ६५ करोड आठ लाख ८३ हजार बराबरको कारोबार भएको छ।

कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूह १.८९, होटल तथा पर्यटन १.३६ र वित्त समूह १.३२ प्रतिशतले घटेको छ। 

बैंकिङ ०.३५, विकास बैंक ०.५८, जलविद्युत् ०.४९, लगानी ०.६० र जीवन बीमा ०.५० प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.४२, निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ।

आज बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ४५ करोड २५ लाख ५१ हजार बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्र्रे बैंक प्रमोटर शेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, पुस २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्