देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा
देवी प्रतिभाले सोमबार दिउँसो ३ बजे भरतपुर महानगरपालिका १ को ठिमुरा रिर्सोटमा प्रेस मिट आयोजना गर्न लागेको आयोजकले जनाएको छ।-1736761129.jpg)
काठमाडौं, पुस २९ : विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आइपुगेकी छिन् । माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आएकी हुन्।
आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए।
देवी प्रतिभाले सोमबार दिउँसो ३ बजे भरतपुर महानगरपालिका १ को ठिमुरा रिर्सोटमा प्रेस मिट आयोजना गर्न लागेको आयोजकले जनाएको छ।
‘प्यार से बोलो ना’ थेगोमार्फत चर्चामा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम छ। यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भररहेका नेपालीहरुको मन जितेकी २३ वर्षीया उनी धेरैको रोजाइमा परेकी कथावाचिकाको रुपमा पर्छिन्।
देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा इश्वरकृष्ण महाराजजी, ओम प्रकाश गुरु, यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ।
माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ।
त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ।










![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
