‘राम्रो काम राति गर्न हुन्न?, बिहान साइत पारेर भ्रष्टाचार गरे त्यो राम्रो हुन्छ?’
प्रधानमन्त्री ओलीले आफूहरू १०–५ को जागिर खान नआएको बताउँदै देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिउँसो वा राति जतिखेर पनि काम गर्ने बताए।काठमाडौं, पुस २९ : प्रधानमन्त्री केपी ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको बताएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले आफू कुनै दल फुटाउने र मिलाउने काममा नलाग्ने बताए।
उनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो हल्ला र नकारात्मकता फैलाइएको बताउँदै मध्यराति सरकारले अध्यादेश ल्याएको भन्नेबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएको भन्दै सजग रहन आग्रह गरे।
प्रधानमन्त्री ओलीले आफूहरू १०–५ को जागिर खान नआएको बताउँदै देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिउँसो वा राति जतिखेर पनि काम गर्ने बताए।
‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे।