बागलुङकी १९ वर्षीय युवती कोरोना संक्रमणबाट मुक्त
बागलुङ, वैशाख १३ : बागलुङ जिल्लाकै पहिलो कोरोना संक्रमित १९ वर्षीया युवती कोरोना संक्रमणबाट मुक्त भएकी छन् ।
कोरोना परीक्षणको छैटौं ‘र....

बागलुङ, वैशाख १३ : बागलुङ जिल्लाकै पहिलो कोरोना संक्रमित १९ वर्षीया युवती कोरोना संक्रमणबाट मुक्त भएकी छन् ।
कोरोना परीक्षणको छैटौं ‘रिपोर्ट नेगेटिभ’ आएपछि बागलुङ नगरपालिका–४, कुँडुलेकी १९ वर्षीया अंशु सापकोटालाई शुक्रबार ‘डिस्चार्ज’ गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
ती युवतीको यसअघिका चारओटा कोरोना परीक्षणको स्वाब रिपोर्ट ‘पोजिटिभ’ आएको थियो । उनी गत चैत ४ गते बेल्जियमबाट कतार एअरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन् । उनको कोरोना परीक्षण गर्दा चैत १५ गते संक्रमण पुष्टि भएको थियो ।
यसअघि, यसै साता नेपालको छैटौं तथा जिल्लाको दोस्रो संक्रमित बागलुङ नगरपालिका–३, गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेकी छन् ।











