‘रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई सकुशल ल्याउन पहल भइरहेको छ’
बैठकमा मन्त्री डा.राणाले युक्रेनमा बन्दी बनाइएका नेपालीहरुलाई फिर्ता गर्न युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबालाई कूटनीतिक पत्र पठाइएको जानकारी दिइन्।-1725868151.jpg)
काठमाडौं, पुस २९ : रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गरिरहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन्।
सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री डा.राणाले रुस–युक्रेन युद्धमा परेका नेपालीहरू फर्काउन कूटनीतिक पहल भइरहेको बताइन्।
बैठकमा उनले युक्रेनमा बन्दी बनाइएका नेपालीहरुलाई फिर्ता गर्न युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबालाई कूटनीतिक पत्र पठाइएको जानकारी दिइन्।
रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई युद्धको क्रममा युक्रेनले नियन्त्रणमा लिएर बन्दी बनाएको छ। ५ जना नेपाली युक्रेनको नियन्त्रणमा रहेको पुष्टी भएको छ।
जसमा काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, बर्दियाका विवेक खत्री र रोल्पाका प्रतीक पुन छन्।
प्रकाशित मिति: १२:५४ बजे, सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार