थुनछेक बहसका लागि रवि जिल्ला अदालतमा, बहस सुरू
सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो।काठमाडौं, पुस २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ।
सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो। थुनछेक बहस सुरू भएकाे छ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।
बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएसँग लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको थियो।
आइतबार विहान आफैं अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरूको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए। तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका थिए।
प्रकाशित मिति: ११:२४ बजे, सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारीसोमबार, पुस २९, २०८१
हनुमानघाटमा माधवनारायणका ब्रतालु [फोटो फिचर]सोमबार, पुस २९, २०८१
‘रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई सकुशल ल्याउन पहल भइरहेको छ’सोमबार, पुस २९, २०८१
शालीनदीमा स्वस्थानीकाे माहाेल [फाेटाे फिचर]सोमबार, पुस २९, २०८१