Kathmandu Press

गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु

उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु

उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी न्युजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको छ।

सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक पनि गम्भीर घाइते भएका छन्।

कानले पानी परिरहेको बेला उक्त घटना भएको जनाएको छ।

आईडीएफले लडाकुहरूले एकैसाथ गोली चलाएको हो कि भनेर अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: २०:११ बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्