माघेसंक्रान्तिको संघारमा तरूल र चाकु किन्नेको भिड [फोटो फिचर]
बजारमा माघे संक्रान्तिका लागि किनमेल सुरू भएको छ।![माघेसंक्रान्तिको संघारमा तरूल र चाकु किन्नेको भिड [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/tarul-1736688834.jpg)
काठमाडौं, पुस २८ : बजारमा माघे संक्रान्तिका लागि किनमेल सुरू भएको छ।
माघे संक्रान्तिको पूर्वसन्ध्यामा असन लगायतका बजारमा ग्राहकको भिड लाग्न थालेको छ।
यस पर्वमा काठमाडौंमा तरूल, चाकु, तीलको लड्डु मुख्य परिकार हो। माघेसंक्रान्ति लागेपछि काठमाडौंमा आसपासका जिल्लाहरूबाट ठूलो मात्रामा तरूल भित्रन्छ।
तरूलको माग धेरै हुने भएकाले मूल्य पनि माघेसंक्रान्तिको मुखमा अत्यधिक बढ्छ। त्यसका बाबजुद पनि काठमाडौंमा तरूको खपत यो समयमा निकै हुन्छ।
तरुलसँगै सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको पनि विशेष महत्व छ।
तस्बिरहरूः
प्रकाशित मिति: १९:१५ बजे, आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार