Kathmandu Press

लामिछानेलाई छाड्ने न्यायाधीश राईविरुद्ध युवराज सफलले दिए न्यायपरिषदमा उजुरी

सवुत–प्रमाण र तथ्य हुँदा हुँदै धरौटी लिएर तारेखमा छाडिएको दाबीसहित सिन्धुलीका युवराज सफलले न्यायाधीश राईविरुद्ध न्याय परिषदमा उजुरी दर्ता गराएका हुन्।
लामिछानेलाई छाड्ने न्यायाधीश राईविरुद्ध युवराज सफलले दिए न्यायपरिषदमा उजुरी

काठमाडौं, पुस २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने काश्की जिल्ला न्यायाधीश नितिज राईविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश गैरकानुनी रहेको दाबीसहित न्यायाधीश राईमाथि कारवाही माग गरिएको छ।

Hardik ivf

सवुत–प्रमाण र तथ्य हुँदा हुँदै धरौटी लिएर तारेखमा छाडिएको दाबीसहित सिन्धुलीका युवराज सफलले न्यायाधीश राईविरुद्ध न्याय परिषदमा उजुरी दर्ता गराएका हुन्।

संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्धामा पुर्पक्षका लागि थुनामा पठाई मुद्दा अगाडि बढाउन पर्नेमा न्यायाधीशले राइले आरोपित सातैजनालाई विगो दाबी भन्दा न्यून धरौटी तोकी छाड्ने निर्णय गरेको प्रश्न उजरीमा उठाइएको छ।

‘यो आदेश कानुनी, न्यायिक र व्यवहारिक कुनै कोणबाट पनि न्यायसंगत छैन,’ छानविन र कारवाहीको माग गरिएको उजुरीमा भनिएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा छुटेका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा दर्ता भएको मुद्दामा आइतबार थुनछेक वहश नसकिएपछि थुनामा पठाइएको छ ।

 

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्