Kathmandu Press

मन्त्रालयले सोधेको स्पष्टीकरणमा कुलमानले बुझाए जवाफ

मन्त्रालयले यसअघि ९ बुँदे स्पष्टीकरण सोध्दै ७ दिनभित्र बुझाउन भनेको थियो।
मन्त्रालयले सोधेको स्पष्टीकरणमा कुलमानले बुझाए जवाफ

काठमाडौं, पुस २६ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रो तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् ।

मन्त्रालयले यसअघि ९ बुँदे स्पष्टीकरण सोध्दै ७ दिनभित्र बुझाउन भनेको थियो।

घिसिङले कार्यसम्पादनसम्बन्धी विवरण नबुझाएको, सरकारी निकायमा बसेर नोट अफ डिसेन्ट लेखेको लगायतका आरोपसहित पुस २२ गते स्पष्टीकरण सोधेको थियो।

घिसिङले कार्यसम्पादनमा उच्च अकं प्राप्त गरेको, चार वर्षका लागि नियुक्त भएकाले सरकारले हटाउन नमिल्नेलगायत दाबी गरेका छन् । 

कार्यकारी निर्देशक घिसिङले बिहीबार मात्रै गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंकको दाबी गरेका थिए।

घिसिङ २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटकका लागि नियुक्त भएका थिए। 

 

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, पुस २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्