Kathmandu Press

म्याग्दी महोत्सव उद्घाटन गर्दै देउवाले भने– प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव 

‘लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौँ,’ कार्यक्रममा देउवाले भने। 
म्याग्दी महोत्सव उद्घाटन गर्दै देउवाले भने– प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव 

म्याग्दी, पुस २८ : पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार म्याग्दी महोत्सव उद्घाटन गरेका छन्। 

मेलाको प्रमुख अतिथि रहेका देउवाले मन्तव्यकाक्रममा प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव रहेको बताए। जल, जमिन र जङ्गलको सदुपयोगबाट रोजगारी सृजना र आयआर्जजनका अवसर सिर्जना गर्न सकिने धारणा देउवाको थियो। 

Hardik ivf

मन्तव्यकाक्रममा उनले प्राकृतिक स्रोतसाधनको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी बनाउने नीति निर्माणका लागि राजनीतिक रुपमा प्रयास भएको समेत बताए। ‘लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौँ,’ कार्यक्रममा देउवाले भने। 

देउवाले उद्योग, व्यवसायीको पीरमर्का सम्बोधन गर्न र हकहितका लागि नेपाली कांग्रेस सधैँ साथमा रहने प्रतिबद्धता पनि जनाए। म्याग्दी हुँदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक आयोजनाका रुपमा विकास गर्न बजेट व्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता पनि सभापति देउवाले व्यक्त गरे। 

यस्का साथमा बेनीको खुलामञ्च खेलमैदानलाई स्तरोन्नति गर्ने, बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणलाई पूर्णता दिने, मालढुङ्गा–बेनीलगायत सडक आयोजनालाई गतिदिने, बेनीबजार संरक्षणका कामलाई बजेट व्यवस्था गर्न पहल गर्ने पनि देउवाले बताए। मेला उद्घाटनपछि देउवाले गलेश्वर तिर्थधामको दर्शन गरेका थिए । बेनीमा म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ को आयोजना गरिएको छ। 

म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा भएको उक्त कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट टे«ड रुट’ का रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए। 

दस दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र १० करोड बराबरको व्यापारिक कारोबार हुने अनुमान आयोजकले गरेका छन्। 

अध्यक्ष श्रेष्ठले म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवद्र्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको समेत बताए।  

प्रकाशित मिति: १८:०० बजे, आइतबार, पुस २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्